चाैधाै अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की जिल्ला समितिको १४औं अधिवेशनबाट तिर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन्। चैत्र २९ गते बिहिबार सम्पन्न अधिवेशनबाट खुल्ला उपाध्यक्षमा प्रदीप न्यौपाने, महिला उपाध्यक्षमा देवीकुमारी केसी, सचिवमा दामोदर तिमिल्सिना, कोषाध्यक्षमा माधव पहारी, सहसचिवमा जुना थापा, सहकोषाध्यक्षमा शान्ता पराजुली सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा भगवती लामिछाने, यमुना सुवेदी, तोरणबहादुर केसी, विजय शर्मा, सूर्यमोहन ढकाल, जितबहादुर थापा, दशरथ सापकोटा, डिल्लीराम देवकोटा, टेकमाया आचार्य, अनिता राई, बाबुराम भुजेल, उमिता घमाल , विश्वनाथ सुवेदी, हरिबोल गौतम र सरिता ढकाल निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा प्रकाश शर्मा रेग्मी सदस्यमा नवीनराज पौडेल र गोविन्द सुवेदी रहेका छन् । त्यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ अधिकारी, यामनाथ सुवेदी, विष्णुहरी त्रिपाठी र रेखा लम्साल सर्वसम्मत निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *