इतिहास

इतिहास

नेपाल राष्ट्रिय शिक्षक संगठनको ऐतिहासिक परिचय


१ नेपाल राष्ट्रिय शिक्षक संगठनको पार्दुभाव हुनुमा तत्कालिन शिक्षकहरुको रक्तरञ्जित गौरवमय बलिदानीपूर्ण योगदान रहेको छ ।
२ वि.सं. २०३६ साल मंसिर २६, २७ र २८ मा हेटौडाको भुटनदेवी मा.वि.मा शिक्षक सम्मेलन गरी फागुन २२ गते बाट संघर्षका कार्यक्रम गरिएको र त्यसको प्रतिफल स्वरुप तत्कालिन पञ्चायती सरकारले बाध्य भई सोही वर्ष चैत्र २९ गते ने.रा.शि.को विधान स्वीकृत गरेको स्मरणमा सोही दिनलाई शिक्षक दिवसको रुपमा विशेष दिन भनी विविध कार्यक्रम गर्दै स्मरण गर्दै आइरहेको ।
३ तत्पश्चात १०४ दिने आन्दोलनको घोषण गरिएको र २०३६ साल चैत्र २९ गते संगठनको जन्म भएको ।
४ विभिन्न पोशागत आन्दोलनमा विरगती प्राप्त गर्ने काभ्रेका विश्व वहादुर खड्का अर्घाखाचीका टंक भूषाल वैतडीका दिनबहादुर चन्द, झापाका अभिकेशन भारती, छविलाल घिमिरे, सिराहाका महेन्द्र यादव , रुपन्देहीका रामप्रसाद चौधरी, धनुषाका रामदेव पण्डित, संखुवासभाका गोविन्द दहाल म्याग्दीका सुरेश सेरबुजा, तनहुका कृष्णप्रसाद पौडेल, काठमाण्डौका लालबहादुर बम, साथै विद्यार्थीहरु मिना ढकाल मोरड र गाण्डीर श्रेष्ठ सुनसरी महान अग्रजहरुको बलिदानीसंग यस संगठनको इतिहास जोडिएको छ ।
५ कास्की जिल्लामा पनि तत्कालिन शिक्षकहरुको अग्रसरतामा विसं. २०३७ सालमा श्री दुर्गादत्त गौतमको अध्यक्षतामा प्रथम जिल्ला समितिको गठन भएको ।
६ शिक्षण पेशागत आन्दोलनको प्रतिफल स्वरुप वर्तमान अवस्थामा शिक्षकहरुका सेवा सुविधा प्राप्त गर्न सफल भएको तर बर्तमान अवस्थामा शिक्षकहरु विभाजित हुनु दुर्भाग्यपूण रहेको र एकमात्र नेतृत्वदायी संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनमा समाहित हुन फेरी एकपटक समयले सन्देश दिइरहेको अवस्था देखिन्छ ।
७ पेशागत नेतृत्वका विद्यालयको शैक्षिक स्थिति कमजोर छ भनी सामान्यिकृत गरिनु दुर्भाग्यपूर्ण रहेको र त्यसमा कुनै आधार र सत्यता नरहेको विभिन्न परिवेस र तथ्याङहरुले पुष्टि गरेको यथार्थ जगजाहेर नै छ ।
अबको बदलिदो राजनैतिक अवस्थामा शिक्षकहरुले पेशागत हकहितका साथै गुणस्तरीयताको वहस संगसंगै गर्नुपर्ने र शिक्षाको समग्र नितिको बारेमा स्पष्ट धारणाका आधारमा शिक्षकहरुलाई संगठनमा आवद्यता गर्ने अवस्था आएको हाम्रो ठम्याइ रहेको छ ।