कार्यक्रम

https://www.facebook.com/groups/204134280409707

मार्च टु लोकल लेवल २०२४ (MLL-24) अन्तर्गत कास्की जिल्ला स्तरीय कार्यशाला आज बैशाख २२ गते पोखरामा भब्य रुपमा सम्पन्न

सङ्गठनका जिल्ला समिति अध्यक्ष तिर्थराज ढकालको अध्यक्षतामा सञ्चालन भएको मार्च टु लोकल लेवल (MLL-24) कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा राष्ट्रिय समितिका महासचिव Hansa Shahi अतिथिको रुपमा राष्ट्रिय समितिका सचिव Ram Pokhrel नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य लोचना अधिकारी, गण्डकी प्रदेश समितिका अध्यक्ष Romharsan Poudel, प्रदेश समितिका महासचिव ध्रुवराज सिग्देल, गण्डकी प्रदेश सल्लाहकार जगन्नाथ अधिकारी तथा केशवराज घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरु शकुन्तला आचार्य, यामनाथ सुवेदी, रेखा लम्साल, गण्डकी आवशीय विद्यालयका प्राचार्य विरेन्द्र खड्का, शिक्षक हित साकोस अध्यक्ष बसन्धरा पौडेल कोषाध्यक्ष पुरुषोत्तम लामिछाने लगाएत अतिथि तथा प्रशिक्षकको रुपमा पाल्नुहुने सम्पूर्ण नेतृत्वगण, कास्की जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, लेखापरिक्षण समिति, पोखरा महानगरपालिका लगायत पाँचओटै पालिकाका अध्यक्षज्यू(Yam Narayan Lamichhane, Jayaram Subedi, Indra Subedi, Krishna Prasad Chapagai, Bhandari Harry), उपाध्यक्ष, सचिव र कोषाध्यक्षज्यूहरु सहितको सहभागितामा विशेष कार्यशाला पोखरा ६ बैदाम स्थित फेवा रिसोर्टमा सम्पन्न भएको छ ।
कार्यशालामा पाँचओटै पालिकाको तर्फबाट एमएलएल कार्यशालाका विभिन्न ३९ ओटा कम्पोनेन्टका बारेमा तयार गरेको प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनहरुमा ब्यापक छलफल गरी जिल्ला स्तरीय कार्यशालाको समग्र प्रतिवेदन तयार गरी पालिकाहरुमा आगामी शनिवार एकैपटक हुने पालिका स्तरीय बैठकमा प्रस्तुत गर्ने र विस्तृत एक्सन प्लान सहित पालिकाबाट शसक्त रुपमा साङ्गठनिक गतिविधिहरु सञ्चालनमा ल्याउने निर्णय समेत भएको कार्यक्रम सञ्चालक जिल्ला सचिव दामोदर तिमिल्सिनाले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष प्रदिप न्यौपाने तथा धन्यवाद मन्तब्य उपाध्यक्ष देवी कुमारी केसीज्यूले राख्नुभएको थियो ।
साथै उक्त कार्यक्रम पश्चात जिल्ला समितिको दोश्रो पूर्ण बैठक बसी पदाधिकारी तथा सदस्यहरुलाई भौगोलिक इकाइको जिम्मेवारी प्रदान गरेको छ भने विभिन्न विभागहरु समेत गठन गरेको छ ।
कार्यक्रमलाई भब्य बनाउन पाल्नुहुने माथि उल्लेखित सम्पूर्ण व्यक्तित्वहरुमा जिल्ला समिति कास्की हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनहरुमा पनि यहाँहरुबाट निरन्तर सहयोगको अपेक्षा समेत गरेका छौं ।

शिक्षक गान