अध्यक्षको भनाई

अध्यक्षको भनाई

शैक्षिक र पेशागत आन्दोलनको इतिहासमा महत्वपूर्ण भूमिका खेलेको नेपाल राष्ट्रिय शैक्षिक संगठनको आफ्नै इतिहास अत्यन्तै गर्वालो र दर्विलो रहेको छ | वि. संं. २०३६स सालमा मकवानपुरको हेटौडामा स्थित श्री भुटनदेवी माविमा सम्पन्न एतिहसिक भेला पश्चात ३८ दिन सम्मको निरन्तर आन्दोलनले तत्कालिन पन्चायती शासकहरुलाई झुकाएर २०३६ साल चैत्र २९ गते नेपाल राष्ट्रिय शिक्षक संगठनको विधान स्वीकृत गराउन वाध्य तुल्यायो | संगठनको विधान स्वीकृत भएपछि कास्की जिल्लामा पनि तदर्थ समिति गठन भई त्यसको नेतृत्वमा भएको भेलाबाट वि.संं. २०३७ सालमा दुर्गादत्त गौतमको अध्यक्षतामा स्थापना भएको संगठनले हालसम्म आइपुग्दा रचनात्मक र नवाप्रवर्तनात्मक कार्यहरु गर्दै आएको छ| शिक्षकहरुका पेशागत मुद्दाहरु मात्र नभई शैक्षिक गुणस्तर वृद्धिको लागि पनि विद्यार्थी तथा शिक्षकहरुका विभिन्न प्रतियोगिता एवम् तालिम मार्फत कक्षाकोठासम्म पुर्याउने काम गरेको छ |

व्यवस्था परिवर्तनको लागि भएको विभिन्न राजनीतिक आन्दोलन तथा राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका, सामाजिक, पेशागत स्थायित्व एवम् शैक्षिक मुद्धाहरुलाई स्ठापित गर्न गरिएका आन्दोलनहरु र समाज रुपान्तरणका हरेक आन्दोलनहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठन कस्कीको सधै अग्रणी भूमिका रहदै आएको छ| आधुनिक शिक्षण प्रविधिलाई कक्षाकोठामा पुर्याउने, शिक्षकहरुको पेशागत र शैक्षिक समस्याहरुलाई समाधान गर्ने, शिक्षक, विद्यार्थी तथा विद्यालयहरुलाई अप्ठारो अवस्थामा सहयोग गर्न शैक्षिक अक्षयकोषको स्ठापना गर्न कार्यमा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले नेतृत्वदायी भूमिका खेलेका छ| अग्रजहरुको सम्मान, नेतृत्व विकास र हस्तान्तरणलाई आत्मसाथ गर्दै समय सापेक्ष् गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक प्रविधियुक्त सीप सहित विद्यालयमा नमुना शिक्षक बन्ने अभिभारा पुरागर्न नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरुलाई अनुरोध गर्दछु| संगठनको इतिहास र विरासतलाई आम शिक्षक समुदायमा पुर्याउने, शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रयोजनार्थ स्थानिय सरकार, विद्यार्थी, अभिभावक तथा आम शैक्षिक सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता सहित संगठनलाई थप मजबुत र क्रियाशील बनाउन सबैको सहयोग, सदभाव र सहकार्यको अपेक्षा गर्दछु |

धन्यवाद !